पर्यटकीय नगरी पोखराको खेल पर्यटनमा टेवा पुर्याउने आहा रारा गोल्ड कपको २२औँ संस्करण आउँदो पुस १२ गतेदेखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगिता पुस १२ देखि २३ गतेसम्म हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबसहित ‘ए’ डिभिजनका क्लबहरु, मोफसल र विदेशी टोली पनि सहभागी हुनेछन् । पोखरा रंगशालामा हुने राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको अन्तरक्लब आमन्त्रित सो प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ १२ टिमले भाग लिने छन् ।