निर्वाचनका दिन विदेशी पर्यटक बोक्ने हरियो प्लेट सवारी पासबिनै गुड्ने


टुरिजम पाना काठमाडौं । २७ कार्तिक २०७९
फाइल तस्वीर : स्वीफ्ट होलिडे

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको दिन विदेशी पर्यटक मात्र बोकेको हरियो प्लेट भएका सवारी साधन प्रयोग गर्न पाईने भएको छ ।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै विदेशी पर्यटक मात्र बोकेको हरियो प्लेट भएका सवारी साधन प्रयोग गर्नमा लागि कुनै पास लिन नपर्ने जनाएको हो ।

आयोगको निर्णयसँगै विदेशी पर्यटकहरु हरियो प्लेट भएको सवारी प्रयोग गरेर घुमफिर गर्न पाउने भएका छन् ।

२७ कार्तिक २०७९