त्रिशूलीमा अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता हुने


टुरिजम पाना काठमाडाैं । २७ कार्तिक २०७९
rafting, trishuli

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले २० औं अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

हिमालयन ह्वाइटवाटर च्यालेन्ज नाम दिइएको खेलकुद प्रतियोगिता आगामी मंसिर ११ देखि १३ गतेसम्म त्रिशूली नदीमा हुने भएको हो ।

प्रतियोगितामा कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइन कायाकिङ हुने भएको छ । यसमा करिब ५ सय खेलाडी सहभागी हुने नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले प्रतियाेगिताका लागि नाम दर्ता गर्ने काम भइरहेकाले कुन कुन देशबाट खेलाडी सहभागी हुन्छन् भन्ने टुंगाे लागिसकेकाे छैन ।

नेपालको जल पर्यटनको प्रवद्र्धन गर्न, जलयात्रा व्यवसायमा संलग्न व्यवसायी र खेलाडीको सीप तथा दक्षता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नाराले जनाएको छ ।

नेपालको पर्यटनको प्रमुख स्रोतमध्येको साहसिक जलपर्यटनको विकास र विस्तारका लागि सन् २००२ देखि नै नाराले उक्त प्रतियोगिता आयोजना गर्दै जानकारी दिएको छ ।

२७ कार्तिक २०७९