बन्दीपुर केबलकारका २१ वटा डिब्बा आईपुगे


टुरिजम पाना बन्दीपुर । ७ पुष २०७९

तनहुँको बन्दीपुरमा निर्माणाधिन केबलकारका लागि २१ वटा डिब्बा ल्याईएको छ । अष्ट्रियाको कार्बोटेक कम्पनीबाट २१ वटा केबलकारका डिब्बा बन्दीपुर ल्याईएको हो ।

यो एक केबलकारमा एकपटकमा ८ जनासम्मले सवार गर्न सक्नेछन् । आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने गरी केबलकारको काम भईरहेको केबलकार कम्पनी बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ ।

पर्यटकीय क्षेत्र बन्दीपुरमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले बन्दीपुर गाउँपालिका–४, ठूलोढुंगादेखि बरालथोकसम्म १ हजार ७ सय मिटरको दुरीमा सञ्चालन गर्ने गरी केबलकार निर्माण भईरहेको हो ।

७ पुष २०७९