टण्डन बने क्यानडाका लागि नेपाली पर्यटन सद्भावना दुत


विश्वभर नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएका एनबि टण्डन (नरबहादुर टण्डन) लाई नेपाल सरकारले क्यानाडाका लागि पर्यटन सद्भावना दुत नियुक्त भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बिहीबार बसेको मन्त्रालयको बैठकले आगामी चार वर्षे कार्यकालको लागि नेपालका लागि क्यानडाका पर्यटन सद्भावनादुत नियुक्त गरेको हो ।

टण्डन विगत एक दशक देखि क्यानडामा बसेर नेपालको पर्यटन प्रचार प्रसार मात्र नभएर नेपालको बिभिन्न सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएका छ्न ।

सरकारले सद्भावनादुत नियुक्त गरेर आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रवद्र्धनमा भुमिका खेल्न थप बाटो खुलेको भन्दै टण्डनले खुसी व्यक्त गरे ।

८ पुष २०७९