विमानस्थलबाट १९ किलाे ठूलाे सुनसहित सुडानका नागरिक प्रकाउ


टुरिजम पाना काठमाडौ । ८ पुष २०७९
फाइल तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद गरिएकाे छ ।

त्रिवि विमानस्थलमा खटिएकाे प्रहरीले सुन बरामद गरेको हो।

फ्लाई दुबईको जहाजबाट काठमाडौं आएका सुडानका नागरिक मोहम्मद अहमेदकाे साथबाट सुन बरामद गरिएकाे हाे ।

विमानस्थलस्थित भन्सार कर्यालयका अनुसार करिब १९ किलो सुन बरामद भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

८ पुष २०७९