यात्रुकाे उद्धार सहित रोकिएको चन्द्रागिरि केबलकार सुचारु


टुरिजम पाना काठमाडाैँ । २ श्रावण २०८१

विद्युत अवरुद्धले रोकिएको चन्द्रागिरि केबलकार केहि घण्टामा सुचारु भएकाे छ ।

करिब साँढे दुई घण्टादेखि रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको हाे ।

बुधबार दिउँसो साढे १ बजे विद्युत अवरुद्धले रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो ।

विद्युत अवरुद्ध भएपछि केबलकारमा रोकिएका यात्रुलाई भर्‍याङ हालेर जमिनमा ओरालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार ८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको एसपी अधिकारीले बताए ।

केबलकार सञ्चालनमा प्राविधिक समस्याका कारण केबलकार रोकिएपछि डिब्बामा करिब ५०-६० जना यात्रुहरू फसेका थिए।

फसेका यात्रुहरूलाई उद्धार गर्न २६ जनाको टोली खटिएको थियो।

 

२ श्रावण २०८१