निगमले कोषलाई  बुझायो ४३ करोड बक्यौता  


टुरिजम पाना काठमाडाैँ । २ श्रावण २०८१

नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइडबडी जहाज खरिदको किस्ता बापत  ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो ।

निगमका अनुसार ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ता बापत पूरा र वाइडबडी जहाजको ४३ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

कोरोना महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोके सो असर रहेको अवधिको ब्याजको हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन दुवै कोषसँग निगमले अनुरोध गरेको थियो ।

निगमले किस्ता संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन समेत निगमले दुवै कोषलाई अनुरोध पत्र समेत पठाएको थियो ।

 

२ श्रावण २०८१