नयाँ वर्षमा चौंरी महोत्सव गर्दै पाँचथरको फालेलुङ गाउँपालिका


टुरिजम पाना संवाददाता पाँचथर । २१ चैत्र २०७९

पाँचथरको फालेलुङ गाउँपालिका ४ चाररातेमा चौँरी महोत्सव गर्ने भएको छ ।

नयाँ वर्षको अवसर पारेर गाउँपालिकाले ४ चाररातेमा चौँरी महोत्सव गर्न लागेको हो ।

उच्च पहाडको सिमावर्ती क्षेत्रमा आयोजना गर्न लागिएको महोत्सवको उद्घाटन सहरी बिकास मन्त्री सिता गुरुङले गर्ने बताइएको छ ।

चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले‘छैटौँ फालेलुङ चौँरी पर्यटन महोत्वस २०८०’ आयोजना गर्न लागिएको हो ।
चैत ३० देखि बैशाख २ गतेसम्म तीन दिने महोत्सव गर्ने तयारी गरिएको पाँचथर सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

तीन हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्किमको सिमाना जोडीएको स्थानमा महोत्सव गर्न लागिएको हो ।

चौँरी संस्कृति लोभ हुँदै गएकाले त्यसलाई संरक्षणका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिकाका प्रबक्ता भरत खपाङ्गीले जानकारी दिए ।

महोत्सवमा पाँच सय बढी चौँरीहरू एकैसाथ प्रदर्शन गर्ने तयारी छ ।

पाँचथर सहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा, काठमाण्डौदेखि भारतको सिक्किम, दार्जिलिङ, कलकत्ता, सिलिगुडी, भुटान, बर्मा र चिनदेखिका पर्यटकलाई महोत्सवमा सहभागि गराउने पालिकाले जनाएको छ ।

महोत्सवमा चौरीको दुधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटी तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने तयारी छ ।

२१ चैत्र २०७९