काठमाडौं । होटेल हायत रेजेन्सीमा २३ गतेदेखि सुरु भएको १९ औँ हस्तकला व्यापार मेला आज मंगलबारबाट सकिँदै छ ।
महासंघको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न संघ, संगठनहरुको सहयोगमा काठमाडौंको बौद्धस्थित होटेल हायात रिजेन्सीमा मेला भएको हो ।
मेलामा ५ वटा प्याभिलियनसहित कूल १३० स्टल रहेका छन् ।
मेलाका स्टलमा सात वटै प्रदेशमा बनाइएका धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसाका सामानहरुको प्रदर्शनी साथै स्वास्थ्य, शिक्षा सेवासम्बन्धी जानकारीमूलक स्टलहरू समेत रहेका छन् ।
महासंघले हरेक वर्ष हस्तकला मेलाकाे आयोजना गर्दै आएकाे छ ।