लाक्पाफुटि शेर्पाको संस्मरण ‘फोर्टि यरस् इन द माउन्टेण्ड’ (चालिस वर्ष पहाडमा) नामक पुस्तक बेलायतका राजा चार्ल्स तृतीयाले पढेर आफू निकै प्रभावित भएको भन्दै नेपाली लेखिका लाक्पालाई पाठक प्रतिक्रिया दिएका छन् ।
आत्मकथामा आधारित यस पुस्तकको प्रशंसा गर्दै उनले लाक्पाफुटि लाई चिठ्ठिमार्फत लेखेकाछन्, ‘तपाईले पठाएको पुस्तकको प्रतिलिपिमा भएको तपाईको विचारशिलताले मेरो मन छोएको छ । पर्वतारोही, मानवीयता तथा संरक्षणवादी तपाईको असाधरण कामप्रति निकै सचेत भएको छु ।’ राजाले लाक्पालाई पुस्तक उपहारको लागि धेरै धन्यवाद र हार्दिक शुभकामना दिएका छन् ।
बेलायती पर्यटक कोलीन ब्रुइस विदा मनाउन नेपाल आएका बेला ‘फोर्टि यरस् इन द माउन्टेण्ड’ पुस्तक पढेका थिए । कोलीनले उक्त पुस्तक अध्ययनपछि लाक्पालाई भेटेर पुस्तक बारे मुक्तकण्ठले प्रशंसा गरे । विदा सकिएसँगै छोराको साथमा स्वदेश फर्किन लागेका उनलाई लाक्पाले उक्त दुई वटा पुस्तक उनको हातमा दिइन् । पुस्तकको महत्व बुझ्दै उनले एउटा पुस्तक आफ्नो बाबुछोराले पढ्ने बताउँदै अर्को पुस्तक बेलायतको राजालाई लगिदिने प्रस्ताव राखे । लाक्पालाई सो पुस्तक राजालाई समर्पित गरेर लेख्न उनले आग्रह गरे । लाक्पा अलमलमा परिन् राजालाई के लेखेर पुस्तक पठाऊ भनी, पाठकको नै निर्देशमा उनले बेलायती राजालाई समर्पित गरेर २०७२ मा किताब पठाएको थिइन् । उक्त पाठकले बेलायतको राजदरबार बुक्किङहाम प्यालेसमा राजाको सचिवलाई उक्त पुस्तक लगेर दिएका थिए । जतिबेला राजा चार्ल्स राजकुमार नै थिए ।
पुस्तक पठाएको यती लामो समयपछि बेलायतको राजाले आफ्नो पुस्तकको पढेर प्रतिक्रिया दिन्छन् भन्ने कल्पना समेत नगरेको उनी बताउँछिन् । यस समय अवधिमा राजकुमारको आमा ऐलिजावेथ महारानी द्घितीयको सन् २०२२ मा मृत्य भयो । उनी राजा पद समाल्नतिर थाले । उनको पारिवारिक तथा राजनीतिक व्यस्थता, राजा आफैं शारिरिक अस्वस्थ हुँदा पनि पुस्तकबारे प्रतिक्रिया पाउँदा आफू अपार हर्षित भएको उनी सुनाउँछिन् । २०८० पुष २७ गते राजाले लेखिका लाक्पालाई पत्र लेखे । उक्त पत्र आफू समक्ष पु¥याइदिन पाठक कालोनीलाई राजाले फोन गरेर अहएको उनले जानकारी पाइन् । उक्त पत्रलाई पाठक सम्मालेर राखेका थिए । केहि समय अघि सोहि पाठकले उनलाई उक्त पत्र इमेल गरेका हुन् ।
उक्त इमेल पढेपछि निकै हर्षित हुँदै लेखिका भन्छिन, ‘आफूले लेखेको किताब धेरै मानिसले पढिरहेको थिए । तर बेलायतको राजाले समेत मेरो पुस्तक पढेर प्रतिक्रिया दिदा आफूलाई निकै भाग्यमानी सम्झिए ।’ उनकाे याे खुशि आफ्नो मात्र नभएर सम्पूर्ण नेपाली शान भएको र अबकाे दिनमा विश्वले नेपाललाई हेर्ने नजर नै फरक पर्ने विश्वास लिएकिछिन् ।
कोभिड अगाडि अमेरिकाको अमेजन कम्पनीले उनीसँग उक्त पुस्तकको प्रतिलिपि अधिकारको अनुमती मागेर बिक्रि गर्ने प्रस्ताव राखेको थियो । उनले कम्पनीलाई किन भन्ने प्रश्नमा अमेजनका व्यक्तिले दिएको जवाफ उनी यसरी सुनाउँछिन् , ‘ पुस्तक त धेरै मनिसले लेख्छन् तर तपाईले लेखेको पुस्तक तपाईकोे समुदायमा नै पहिलो भएकाले विशेष छ ।’ अमेजनबाट पुस्तक विक्रि गर्नको लागी उनी अमेरिकामा नै जानुपर्ने भयो । यता नेपालमा आफ्नो कार्य व्यस्थताको कारण जान नभ्याइने भएपछि उक्त प्रस्ताव अस्विकार गरेको उनी बताउँछिन् ।
पुस्तक प्रकाशन भएको केहि समयपछि उनलाई भेट्न माल्दिभस्को दुई पुरुष नेपालका आएका थिए । उनीहरुले यस पुस्तकमा आधारित भएर फिल्म बनाउने इच्छा उनीसँग व्यक्त गरेका थिए । उनीहरु फिल्ममेकर हो या होइन भन्ने पनि आफूले खासै चासो नदिएको सुनाउँछिन् । यस प्रस्तावलाई पनि आफ्नै कामको व्यस्थताले कारण उनले ध्यान दिएकी थिइनन् ।
नेपालको शेर्पा समुदायमा उनले लेखेको यो पुस्तक नै पहिलो महिला बायोग्राफी हो । बक्स मण्डलाले यस पुस्तकलाई प्रकाशनमा ल्याएको हो । यो पुस्तक नेपालमा पर्वतारोहण र पर्यटनको विकासका लागि शेर्पा महिलाले गरेको योगदान बारे लेखिएको आत्मकथा हो । उनले प्रत्येक संस्करणमा ३ हजार प्रति पुस्तक प्रकाशन गरेकोमा हाल आफूसँग कुनै पनि प्रति नरहेको उनबताउँछिन् । तीन संस्करणमा अहिले सम्म उनका ९ हजार पुस्तक विक्रि भइसकेको छ ।
उनी पर्वतीय अध्ययन प्रतिष्ठानकी संस्थापक तथा आरोही तथा पदप्रदर्शकको पुर्व अध्यक्ष हुन् । नेपालका पर्यटनीय क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न उनको उल्लेखनीय भूमिका रहदै आएको छ ।