बेपत्ता बस र यात्रीको खोजीमा सहयोग गर्न नाराको आग्रह


टुरिजम पाना संवाददाता काठमाडौं । ३१ असार २०८१

नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सिज्-नारा नेपालले नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएको दुई वटा बस र यात्रुको खोजी तथा उद्दर कार्यका लागि जुट्न र्‍याफ्टिङ गाइड तथा अन्य सरोकारवालामा आग्रह गरेको छ।

नाराले आइतबार एक सूचना जारी गरी दुर्घटनामा हराइरहेका यात्रीको खोजी कार्यमा सहयोग गर्न आग्रह गरको छ ।

नाराबाट उद्धारमा जाने र्‍याफ्टिङ गाइड लगायतलाई आवश्यक पर्ने यातायात खर्च ,बसोवासको व्यवस्था र आवश्यक पर्ने इकुमेन्टहरू र सम्पूर्ण खर्च नाराले गर्ने समेत नाराले जनाएको छ ।

सरकारको तर्फबाट खोज कार्य भइरहेको भएता पनि संघको तर्फबाट समन्वय गर्नुपर्ने देखिएको बताइएको छ ।

‘हाम्रो सीप र्याफ्टिङ व्यवसाय र पर्यटनको लागि मात्र होइन। यो कठिनाई र उद्धारको समयमा हाम्रो मानव समुदाय र अरूलाई सहयोग-सहकार्य गर्नु, हामीसँग भएको सीपको सदुपयोग गर्नु हाम्रो पहिलो कर्तव्य हो । उद्दारको लागि आफु सुरक्षित भई पीडितलाई सहयोग र उद्धार गरिदिनु हुन सम्पुर्णमा नारा हार्दिक अनुरोध गर्दछौँ,’ संघले भनेको छ ।

साथै हाल काठमान्डौं, पोखरा, भोटेकोशी क्षेत्र लगायत अन्य स्थानमा रहेका र्‍याफ्टिङ गाइड तथा प्रशिक्षकहरूले नारामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

३१ असार २०८१