जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङको सफल परिक्षण


टुरिजम पाना संवाददाता काठमाडौं । ३१ असार २०८१
तस्वीर: सानोबाबु सुनुवारको फेसबुक

जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ ।

साहसिक पर्यटनलाई बढाउवा दिनका लागि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो ।

गुठीचौर गाउँपालिकासँगको सहकार्यमा बाबु एड्भेञ्चर कम्पनीले प्याराग्लाइडिङको परीक्षण उडान गरेको हो ।

पोखरामा प्याराग्लाइडिङ उडान गर्दै आएको बाबु एडभेन्चरका अध्यक्ष सानोबाबु सुनुवार, मोहन सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारको टिमले प्याराग्लाइडिङको सफल परीक्षण उडान गरेको हो ।

गुठीचौरमा ९ हजार मिटरभन्दा माथि प्याराग्लाइडिङ उडान गर्न सकिने बाबु एड्भेञ्चरका अध्यक्ष सानोबाबु सुनुवारले बताए ।

साथै जुम्लामा भदौं, असोज, कार्तिक, मंसिर र जेठ प्याराग्लाइडिङका लागि उपयुक्त उनले उनको भनाइ छ ।

पर्यटकीयस्थल गुठिचौरको पर्यटन प्रवर्द्धनका लागि पहिलो पटक प्याराग्लाइडिङ उडान परीक्षण गरिएको पालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।

बुधबारमात्रै करिब १० वटासम्म प्याराग्लाइडिङको परीक्षण उडान गरिएको उनले बताए ।

प्याराग्लाइडिङको सफल परीक्षण उडान पश्चात अब पालिकाले स्थानीय स्तरको जनशक्ति प्याराग्लाइडिङ क्षेत्रमा लगाउनका लागि त्यसतर्फ व्यापक छलफल गरिने उनको भनाइ छ ।

साथै अब गुठीचौरमा प्याराग्लाइडिङ सञ्चालन गर्न कुनै निजी लगानीकर्तालाई भित्र्याउने समेत योजना पालिकाको रहेको अध्यक्ष बुढाले बताए ।

यस्तै गुठीचौरमा प्याराग्लाइडिङ मेला समेत आयोजना गर्ने उनको भनाइ छ ।

३१ असार २०८१