पञ्चासे केबलकारको वार्षिक साधारण सभा पुषकाे अन्तिम साता हुने


cable car panchase
फाइल तस्वीर

पोखराको पञ्चासे केबलकार एवं टुर्स लिमिटेडको वार्षिक साधारण सभा पुष २९ गते शुक्रबार हुने भएको छ ।

मासबारको शान्तिनगर बेंक्युट बिहान ११ बजेदेखि साधारण सभा हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदन अनुमोदन गर्ने, लेखा परीक्षकको नियुक्तिका सम्बन्धमा छलफल हुने कम्पनीले बताएको छ ।

साथै, डिबेन्चर जारी गर्ने, कम्पनीको नियमावलीको नियम ९ मा अग्राधिकार सेयरसम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्तावमा छलफल गरिनेछ ।

७ पुष २०७९