दुई दिनदेखि मनकामना केबलकार बन्द, पर्यटकको चहलपहल घट्यो


टुरिजम पाना काठमाडौं । १२ पुष २०७९
तस्वीर : मनकामना केबलकार

प्राविधिक समस्या आएपछि बन्द रहेको गोरखाको मनकामना केबलकार सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण केवलकारको प्यानलमा ठूलो क्षति पुग्न गएको कारण विगत दुइ दिनदेखि केबलकार बन्द भएको हो ।

क्षति पुगेको सामान र प्राविधिक अस्ट्रियाको डोपलमेयर डोपलमेयर कम्पनीका प्राविधिकहरूबाट झिकाउनु पर्ने भएकाले मर्मत गरेर सेवा सञ्चालनमा ल्याउन कम्तीमा एकसाता लाग्ने अनुमान गरिएको मनकामना केबलकारकी सेल्स एण्ड मार्केटिङ म्यानेजर मिना शाक्यले टुरिजमपानालाई बताईन् ।

‘अस्ट्रियाको प्राविधिक पक्षसँग कुरा भईसकेको छ, अब उहाँहरु आएपछि थप अपडेट होला तरपनि सबै काम सिध्याउँदा कम्तीमा पनि एक हप्तासम्म लाग्ने अनुमान गर्न सकिन्छ, उनले भनिन् ।’ केबलकार बन्द हुँदा मनकामना आउने दर्शनार्थीहरू सडक र लामो दुरीको पदमार्गबाट मन्दिर पुग्न बाध्य भएका छन् ।

जसका कारण मनकामना मन्दिरमा पर्यटक एवं भक्तजनहरुको चहलपहल समेत घटेको छ भने केबलकारबाट दैनिक राम्रो आम्दानी गर्दै कम्पनीले समेत ठूलो घाटा व्यहोर्नु परेको छ ।

१२ पुष २०७९