ओझेलमा रहेका पर्यटकीय गन्तव्यको पहिचान गर्न पर्यटन प्रवर्द्धकहरूसँग अन्तर्क्रिया


टुरिजम पाना संवाददाता काठमाडौं । २२ फाल्गुन २०७९

ओझेलमा रहेका पर्यटकीय गन्तव्य पहिचान गर्न वि विल राइज फाउण्डेसनले पर्यटन प्रवर्द्धक (ट्राभल ल्भगर) हरूसँग अन्तर्क्रिया गरेको छ ।
अन्तर्क्रिया कार्यक्रम आइतबार दिउँसो गोंगबुस्थित फाउण्डेसनको कार्यालयमा सम्पन्न भएको हो ।

‘ट्राभल भ्लग’ बनाउन मुलुकका कुना कन्दरासम्म पुगेका पर्यटकहरूबाटै ओझेलमा परेका पर्यटकीय थलोहरू चिन्न चिनाउन सकिने भएकाले छलफल कार्यक्रम गरिएको फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताए ।

कार्यक्रममा अल्ट्रा रेस धाविका मीरा राई, सपना रोक्का, अमेरिकन नागरिक फिलिप, माउन्टेन गाइड चन्द्र कुमार राई, विवेक रेग्मी, जोया श्रेष्ठ, विष्णुकान्त घिमिरे लगायत सहभागी भएका थिए ।

कार्यक्रममा नेपालमा पर्यटकीय सम्भावना भएका तर पहिचान भइनसकेका गन्तव्यहरूको बारे पनि छलफल गरिएको थियो ।

फाउण्डेसनले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कला संस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ ।

२२ फाल्गुन २०७९