पर्यटन व्यवसायीहरुसँग अन्तक्रिया कार्यक्रम गर्दै महिला पर्यटन व्यवसायी मञ्च


टुरिजम पाना पोखरा । २४ फाल्गुन २०७९

महिला पर्यटन व्यवसायी मञ्चको टोली पोखरा चितवन नवलपुरका पर्यटन व्यवसायीहरुसँग व्यवसायीक अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

पर्यटन प्रर्वद्धनको लागी अन्तराष्ट्रिय महिला दिवसको अवसर सँगै मञ्चको आयोजनामा नवलपुरको अमलटारी होमस्टेमा पोखरा चितवन र नवलपुरका पर्यटन व्यवसायीबीच व्यवसायको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम संचालन गर्न लागेको हो । टोलीमा मञ्चका २० जना प्रतिनिधि र पत्रकार रहेका छन् ।

नेपाल पर्यटनको दृष्टिले विश्वकै एक उत्कृष्ट गन्तव्य हुँदा हुँदै पनि यसको उचित विकास र खोजीको अभावमा अझै थुप्रै सम्भावित क्षेत्र तथा ठाउँहरुको उचित खोज तथा प्रचार प्रसार गरी पर्यटकको वसाई लम्व्याउनु आजको आवश्यकता रहेको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले बताईन् ।

२४ फाल्गुन २०७९