बलिउड अभिनेता विवेक ओबरोयले शुक्रबार पर्यटकीय नगरी पोखरामा घुमघाम गरेका छन् ।
सपरिवार नेपाल घुम्न आएका उनले पोखराको हाइग्राउण्ड एडभेञ्चरको जिपलाइन र स्काइक्रिमरमा रमाईलो गरेका थिए । पोखरा घुमघामको पहिलो रमाइलो भएको ओबरोयको भनाई छ ।
पोखरामा उनले छोरा अर्जुनको जन्मदिन समेत मनाए । पोखरा हुँदै ओबराय परिवार अन्नपूर्ण फेरोमा पर्ने प्रसिद्ध पुनहिलमा पदयात्राको लागि जाने कार्यक्रम छ । पोखरा फर्किएर भैरहवा हुँदै उनी लुम्बिनी दर्शनको लागि जानेछन् । यसअघि उनी काठमाडौंमा पशुपतिनाथ र चन्द्रागिरी हिल्स पुगेका थिए ।
ओबरोय घुमफिरका लागि १० दिने नेपाल भ्रमणमा आएका हुन् ।