पर्यटन व्यवसायी बजगाईंले आफ्नो तलब भत्ता गोरखा १ का जनताका लागि खर्च गर्ने


टुरिजम पाना काठमाडौं । ७ पुष २०७९
Rajendra bajgai

गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद एवं पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् ।

मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ का विपद पीडितहरुका लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले शपथपछि आफ्नो फेसबुकमा लेखेका छन् ।

७ पुष २०७९