क्यानले खाेस्याे हिमालय एयरलायन्सको ग्राउन्ड ह्यान्डलिङ अधिकार


टुरिजम पाना काठमाडौ । ७ पुष २०७९
Himalaya Airlines

क्यानले हिमालय एयरलायन्सको पाउँदै आएको ग्राउन्ड ह्यान्डलिङको अधिकार खाेसेकाे छ ।                                                                                                                                                  नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले एयरलाइन्सलाई एक पत्र पठाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग प्रयोजनका लागि इक्यूमेन्ट यन्त्र उपकरण आदि व्यवस्थापन गर्न हाल स्थान उपलब्ध गराउने अवस्था नरहेको जनाएको हाे ।

गत भदौ २८ तथा असोज ४ गतेमा प्रदान गरिएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग सेवा अनुमति प्रमाणपत्र तथा त्यसको नवीकरण कार्य अर्को निर्णय नभएसम्मलाई स्थगन गरिएको प्राधिकरणकाे पत्रमा उल्लेख छ ।

७ पुष २०७९