बन्दिपुरमा पर्यटन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


टुरिजम पाना बन्दिपुर । १४ पुष २०७९

तनहुँको बन्दिपुर गाउँपालिकामा ‘पर्यटन व्यवसायी र स्थानीय नागरिकको पर्यटन प्रवर्द्धन तथा सुरक्षा प्रवद्र्धनमा भूमिका’ बिषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख डिएसपी सुगन्ध श्रेष्ठ लगायतले तालिम दिएका थिए ।

कार्यक्रममा नगरपालिका प्रमुख गाउँपालिका प्रमुख सुरेन्द्र बहादुर थापा, उपप्रमुख पञ्चमाया गुरुङ र वडाअध्यक्षहरु लगायत सरोकारवाला निकायको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख थापाले पर्यटक प्रहरीले यस्ता कार्यक्रम गर्दा आफूहरुमा पनि थप उर्जा प्राप्त भएको बताए । गाउँपलिकाले उज्यालो बन्दिपुर अभियान शुरु गरेको जानकारी पनि थापाले दिए ।

कार्यक्रममा बन्दिपुर नगरपालिकाका सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो । यसअघि पर्यटक प्रहरीले म्याग्दीको घोरेपानीमा पर्यटक सुरक्षा तथा प्रवद्र्वनमा व्यवसायी एवं स्थानीय नागरिकको भूमिका बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

१४ पुष २०७९