कतार विश्वकपमा मेस्सी बसेको होटलको कोठालाई संग्रहालय बनाइने


टुरिजम पाना एजेन्सी । १३ पुष २०७९

फिफा विश्वकप फुटबलका क्रममा अर्जेन्टिना फुटबल टिमका कप्तान लियोनल मेस्सी बसेको होटल ‘रुम’लाई संग्रहालय बनाइने भएको छ ।

उनको विश्वकपको यात्रा तथा योगदानलाई अमर बनाइने द सनले जनाएको छ । मेस्सी बसेको होटल रुमलाई संग्राहलय बनाइने तथा सर्वसाधारणका लागि खुल्ला गरिने छ । उनको ट्रफी तथा प्लेयर अफ द टुर्नामेन्टको प्रतिक समेत राखिने भएको छ ।

उनको ट्रफी तथा प्लेयर अफ द टुर्नामेन्टको प्रतिक समेत राखिने छ । समर्थकहरूले मेस्सीले उपाधि जित्दासम्मको समय कसरी बिताएको भन्नेबारे जानकारी पाउन सक्ने बताईएको छ । उनी युनिभर्सिटी अफ कतारको रुममा बसेका थिए ।

३५ वर्षीय कप्तान मेस्सीले १९८६ पछि पहिलो पटक अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । विश्वकपको फाइनलमा साविक विजेता फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो ।

१३ पुष २०७९