साइकलमा माथिल्लो मुस्ताङको यात्रामा निस्किए भिक्षुणी


टुरिजम पाना काठमाडौं । १४ फाल्गुन २०७९

काठमाडौंको नागार्जुनस्थित ड्रयुक अमिताभा माउन्टेन गुम्बा (सेतो गुम्बा) का भिक्षुणीहरू विश्व शान्तिको कामना गर्दै साइकल यात्रामा निस्किएका छन् ।

वातावरणीय चेतना अभिवृद्धि गर्न र हिमालयमा पर्यावरणमैत्री जीवनयापनको सन्देश फैलाउने उद्देश्यले गत मंगलबारबाट साइकल यात्रा शुरु भएको हो ।
माथिल्लो मुस्ताङको यात्रामा निस्किएको टोलीमा १ सय ९५ भिक्षुणी र ५ जना भिक्षु सहभागी रहेका छन् ।

कोभिडका कारण रोकिएको साइकल यात्राको यो सातौं संस्करण हो । माथिल्लो मुस्ताङ पुगेर काठमाडौं फर्किंदा एक महिना लाग्ने बताईएको छ ।

पहिलोपटक ०५४ सालमा काठमाडौंबाट पोखरासम्मको साइकल यात्रा गरेयता गुम्बाले ६ पटक नेपाल र भारतमा महिनौं लामो साइकल यात्रा आयोजना गरिसकेको छ ।

३४ वर्षअघि स्थापना भएको सेता गुम्बामा ९ वर्षदेखि ६० वर्ष उमेर पुगेका ५ सय हाराहारी भिक्षुणी रहेका छन् ।

१४ फाल्गुन २०७९