नेपाल नागरिक उड्डयन प्राधिकरणले चौरजहारीसहित चार वटा विमानस्थलमा राहतका लागि प्रयोग भएका वायुयानलाई लिइने शुल्कमा शतप्रतिशत छुट दिएको छ । साथै प्राधिकरणले भूकम्प पिडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ ।
प्राधिकरणका अनुसार नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले र चौरजहारी विमानस्थलमा राहतका लागि प्रयोग हुने वायुयानले प्राधिकरणलाई बुझाउनु पर्ने सबै प्रकारको शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको हो ।
प्राधिकरणका अनुसार राहतमा प्रयोग भएका वायुयानले यी विमानस्थलमा बिसान शुल्क, ल्यान्डिङ तथा अन्य शुल्कहरु नलिने निर्णय प्राधिकरणले गरेको हो ।