पर्यटकले भरिए पोखराका होटल


टुरिजम पाना पोखरा । १६ पुष २०७९

अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन यतिबेला पोखराका होटलमा आन्तरिक तथा विदेशी पर्यटक भरिभराउ भएका छन्। नयाँ वर्ष र सडक महोत्सवका कारण पोखराका होटलमा पर्यटकको चाप वढेको हो ।

अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक तथा बाह्य पर्यटक पोखरा पुगेपछि होटल भरिएका हुन्। नयाँ वर्षको स्वागतार्थ रेस्टुराँ एन्ड बार एसोसिएसन (रेबान) ले पोखरा सडक महोत्सव आयोजना गरेको छ। रेबानले १३ देखि १७ पुससम्म महोत्सव आयोजन गरेको हो। अहिले सानादेखि ठूलासम्म अधिकांस होटल भरिएका छन्।

बाराही हस्पिटालीका निर्देशक बैबभ पौडेलका अनुसार पोखराका सबैजसो होटल बुकिङ छन् । पोखराका ९० प्रतिशत भन्दा वढी बुकिङ भईसकेको पौडेलले बताए । पोखराका अधिकांश होटलका रुमहरु बुकिङ भईसकेको लेकसाईडमा रहेको द लेकसाइड रिट्रीटका म्यानेजर मनमोहन रिमालले बताए ।

उनका अनुसार नयाँ बर्ष मनाउन पोखरा आउने पर्यटकको लर्को लागेको र छुटपुट बाहेक जनबरी १ सम्मका लागि सबै होटल बुकिङ भईसकेका छन् । यसरी पोखरा आउनेमा विदेशी पर्यटक भन्दा आन्तरिक पर्यटकको संख्या धेरै रहेको उनले बताए ।

१६ पुष २०७९