आर्ट र कबिताको दुई दिने कार्यशाला ‘कलाकृती’


टुरिजम पाना संवाददाता काठमाडौँ । २४ फाल्गुन २०८०

आर्ट र कबिताको दुई दिने कार्यशाला ‘कलाकृती’ शनिबार सम्पन्न भएको छ ।

पहिलो दिन ‘पेन्टिङ वर्कशप’ र ‘स्केच वर्कशप’ आयोजना गरिएको थियो । जसमध्ये सुभेक्षा पाण्डेले प्रशिक्षण गराएको पेन्टिङ वर्कशपमा १६ जना र सागर तिमल्सिनाले प्रशिक्षण गराएको स्केचिङ वर्कशपमा १० जनाले सहभागीता जनाएका थिए ।

पहिलो दिन नै सम्पन्न भएको ‘मण्डला वर्कशप’मा ८ जनाले सहभागीता जनाएका थिए । जसमा निकिता बुढाथोकीले प्रशिक्षण गराएकी थिइन् ।

कार्यक्रमको दोस्रो दिन कला प्रदर्शनी, ‘चिल्ड्रेन आर्ट वर्कशप’ र ‘पोयट्री सेसन’ आयोजना गरिएको थियो । कार्यक्रममा २ सय भन्दा बढी सहभागी भएको रोट्राक्ट क्लब अफ बालाजुकी अध्यक्ष स्मृती खड्काले बताइन् ।

रोट्राक्ट क्लब अफ बालाजु र रोट्राक्ट क्लब अफ ज्ञानेश्वर, सिस्टले म्याक कफीसँगको सहकार्यमा मद्यबानेश्वर स्थित ‘द हन्ड्रेड स्पेसेस’मा आयोजित कार्यक्रम विभिन्न सेसन गरी दुई दिनमा सम्पन्न गरिएको हो । कार्यक्रमको ब्यवस्थापनमा इभेन्टर नेपालले सहयोग गरेको थियो ।

२४ फाल्गुन २०८०