निर्मल पुर्जाको रेकर्ड तोड्ने तयारीमा रहेकी क्रिष्टिनालाई तिब्बतमा धक्का

उनले सगरमाथाको चुचुरोबाट लोत्से हिमाल सबैभन्दा छोटो समयमा आरोहण गर्ने महिलाको कीर्तिमानि समेत राखेकी छन्


टुरिजम पाना काठमाडौं । ११ कार्तिक २०७९
Kristin Harila

नर्वेकी हिमाल आरोही क्रिष्टिना हेरिलाले तिब्बतका चोयु र सिसापाङ्गमा हिमाल आरोहणको अनुमति नपाउँदा उनको किर्तिमानी प्रयास यसपटकका लागि रोकिएको छ ।

आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल ७ महिनाभन्दा कम समयमा आरोहण गरेको कीर्तिमान नेपालका निम्स मगरको छ । क्रिष्टिना सो रेकर्ड तोड्ने प्रयासमा थिइन् ।

चीन सरकारले हिमालमा कुनै पनि गतिविधि यतिबेला नभएको भन्दै अनुमति नदिएपछि उनी बीचमै रोकिनु परेको क्रिष्टिनाको आरोहण समन्वय गरिरहेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

Kristin Harila

हिमाल आरोहणका लागि अनुमति लिन धेरै प्रयास गर्दा पनि सफल नभएको क्रिष्टिनाले बताइन् । उनले भनेकी छिन्, ‘अनुमति लिने प्रक्रियामा हामीले कुनै कसर बाँकी राखेका छैनौं, यसका लागि सबै सम्भावित उपाय अपनाउँदा पनि दुर्भाग्यवश परिस्थिति हाम्रो नियन्त्रण बाहिर भएको कारणले गर्दा समयमै अनुमति पाउन सकेनौं ।’

उनको यो कीर्तिमानि यात्रा सफल भएको भए विश्व जगतमा यसको प्रतिस्पर्धा अझ बढ्ने र ८ हजार मिटरभन्दा अग्ला धेरै हिमाल नेपालमा भएकाले त्यसको ठूलो फाइदा नेपालले लिन सक्ने अवस्था हुने जेड द हिमालयन गाइडस्का सन्चालक प्रशन्न घिमिरे बताउँछन् ।

उनले सगरमाथाको चुचुरोबाट लोत्से हिमाल सबैभन्दा छोटो समयमा आरोहण गर्ने महिलाको कीर्तिमानी समेत राखेकी छन् ।

उनले १२ वटा हिमाल नेपाली कम्पनी एट के एक्स्पिडिसन्सबाट गरेकी हुन् भने बाँकी दुई वटा चोयु र सिसापंगामाको आरोहण सेभेन समिट ट्रेक्सबाट गर्ने योजनामा थिइन् ।

नर्वेकी क्रिष्टिना धावक र क्रस-कन्ट्री स्की खेलाडी पनि हुन् ।

क्रिष्टिनाको ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण:

अन्नपुर्ण पहिलो २०२२ अप्रिल २८
धवलागिरि पहिलो २०२२ मे ८
कञ्चनजंघा २०२२ मे १४
सगरमाथा २०२१ मे २३ र २०२२ मे २२
ल्होत्से २०२१ मे २३ र २०२२ मे २२
मकालु २०२२ मे २७
नांगा पर्वत २०२२ जुलाई १
माउन्ट के२ २०२२ जुलाई २२
बोर्ड पिक २०२२ जुलाई २८
गासेरब्रुम दोस्रो २०२२ अगस्ट ८
गासेरब्रुम पहिलो २०२२ अगस्ट ११
मनास्लु २०२२ सेप्टेम्बर २२

उनले यसबाहेक ८ हजार मिटरभन्दा कम उचाइका आमादब्लम सहित ९ वटा हिमाल पनि आरोहण गरेकी छिन् ।

Kristin Harila

११ कार्तिक २०७९