तिहार बिदापछि धुलिखेल जिपलाइन १२ गतेबाट सचालनमा

जिपलाइनमा उडिरहँदा लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृष्यावलोकन गर्न सकिनेछ


टुरिजम पाना धुलिखेल । ११ कार्तिक २०७९
Couple zipline

तिहारमा बन्द रहेको धुलिखेल जिपलाइन १२ गते (शनिबार) बाट सञ्चालनमा आउने भएको हो । साहसिक खेलमध्येको एक खेल जिपलाइनकै लागि आकर्षणको केन्द्र बनेको उक्त ठाउँमा ग्राहकले क्लासिक जिपलाइन, सुपरम्यान जिपलाइन र टेन्डम (जोडी सँगै खेल्ने) जिपलाइनको मज्जा लिन सक्नेछन् ।

जसमध्ये क्लासिक जिपलाइनका लागि २ हजार ५ सय, सुपरम्यान जिपलाइनका लागि ३ हजार ५ सय र टेन्डम जिपलाइनका लागि ४ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

उक्त जिपलाइनको लम्बाई कुल ११ सय मिटरको रहेको छ । जिपलाइनले धुलिखेल नगरपालिकाको थाक्लेलाई पाँचखालको खावासँग जोडेको छ । दिनमा एक सयभन्दा बढी मानिसलाई सेवा दिने क्षमता रहेको यो जिपलाइन औसत ७५ कि.मि. प्रतिघण्टाको गतिमा हुत्तिन्छ ।

करिब ३ सय मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जंगलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृष्यावलोकन गर्न सकिनेछ । यस बाहेक त्यहाँ गएर ग्राहकले स्विङ, पार्क, रिसोर्ट लगायतको सेवा लिन सक्नेछन् ।

११ कार्तिक २०७९