नेपाली कांग्रेसको घोषणापत्र, एक बर्षमा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य

होमस्टे, पर्यटन र ग्रामीणको स्तरोन्नतीलाई पनि प्राथमिकता


टुरिजम पाना काठमाडौं । १२ कार्तिक २०७९

नेपाली कांग्रेसले एक बर्षमा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखेको छ ।

आगामी प्रदेश तथा संघ निर्वाचनका लागि आज घोषणापत्र सार्बजनिक गर्दै आगामी पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन संख्या १२ लाखबाट २० लाख, पर्यटकको औसत बसाईलाई १३ दिनबाट १५ दिन, प्रति पर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्‍याउने लक्ष्य राखेको हो ।

यस्तै नेपाललाई प्रकृतिमा आधारित पर्यटन र साहसिक पर्यटनको लागि अन्तर्राष्ट्रिय गन्तव्य वनाउन आवश्यक कार्य गर्ने, निजी क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवं गन्तव्यहरूको प्रवद्र्धन गर्ने, हवाई यातायातको एकाधिकारलाई कम गर्दै प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने, पर्यटकीय गन्तव्यहरुमा सार्वजनिक शौचालय, पाटी, पौवाको व्यवस्था गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।

यस्तै पर्यटकको अवागमलाई थप सहज बनाउन गृह, परराष्ट्र र नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको संयुक्त संयन्त्र स्थापना गर्ने र नेपालको हवाई सेवालाई थप सुरक्षित बनाउन अन्तर्राष्टिय मापदण्डलाई कडाईमा साथ पालना गराउने लगायतका रहेका छन् । यस्तै होमस्टे, पर्यटन र ग्रामीणको स्तरोन्नती गर्ने लगायतका रहेका छन् । nepali congress

१२ कार्तिक २०७९