टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ


टुरिजम पाना संवाददाता काठमाडौं । ९ चैत्र २०८०

पर्यटक प्रहरी र टुरिस्ट गाइड एसोसिएसनले टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरेका छन् ।

लाइसेन्स लिएका गाइड बेरोजगार हुने र गैरगाइडले यस्तो काम गर्ने प्रचलन रहेको भन्दै पछिल्लो समय टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरिएको हो ।

पछिल्ला दिनमा काठमाडौंको सम्पदा क्षेत्रमा टुरिस्ट गाइडहरुको लाइसेन्स चेकिङमा कडाइ गरिएको टुर्गानले जनाएको छ ।

यसअघि संघले सबै टुरिस्ट गाइडलाई लाइसेन्स नवीकरण गर्न आग्रह गरेको थियो ।

एसोसिएसनले आफ्नो लाइसेन्स प्रष्ट देखिने गरी भिरेर मात्र पर्यटकलाई घुमाउन समेत गाइडहरुलाई आग्रह गरेको छ ।

९ चैत्र २०८०