बुवाआमासँग पोखरामा रमाउँदै पूर्व मिस नेपाल खतिवडा (तस्वीरहरू)


टुरिजम पाना काठमाडौं । २९ पुष २०७९
तस्वीरहरू : श्रृंखला खतिवडाको इन्स्टाग्राम

पूर्व मिस नेपाल (२०१९) श्रृंखला खतिवडाले पोखरा भ्रमण गरेकी छन् ।

उनले बिहीबार पोखराका विभिन्न पर्यटकीय गन्तव्यहरूको अवलोकन गरेको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् ।

इन्स्टाग्राममा तस्वीर सेयर गर्दै मिस नेपाल खतिवडाले बाल्यकालमा फेवाताल, डेभिज् फल्स, महेन्द्र केभ लगायत घुम्न आएको आफूलाई याद रहेको समेत जनाएकी छन् ।

आफ्ना बुवाआमासँग पोखरा भ्रमण गरेको उनले लेखेकी छन् ।

खतिवडाले आफ्ना बुवाआमासँग पोखरा घुमेको तस्वीर सेयर गरेकी छन् । साथै त्यहाँको सांस्कृतिक नाचसमेत हेरेको उनले जनाएकी छन् ।

२९ पुष २०७९