तीन दिन बन्द भएको क्लिफको सेवा आजबाट शुरू


टुरिजम पाना संवाददाता काठमाडौं । २६ माघ २०७९
kushma bungy

तीन दिन बन्द भएको द क्लिफ नेपालको सेवा आजबाट शुरू भएको छ ।

साहसिक पर्यटनका लागि लोकप्रिय कम्पनी द क्लिफ नेपालले आफ्ना कर्मचारीहरूका लागि रिफ्रेसमेन्टका लागि माघ २३ गतेदेखि २५ गतेसम्म सेवा बन्द गरेको थियो । सो सेवा कम्पनीले आज (बिहीवार)बाट पुन: शुरू गरेको हो ।

आफ्ना कर्मचारीहरूका लागि रिफ्रेशमेन्ट कार्यक्रम आयोजना गरिएकाले तीन दिन एड्भेन्चर र रिसोर्टका सबै सेवाहरू बन्द गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

द क्लिफ राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा जीपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ ।

साहसिक पर्यटनका लागि निकै चर्चित यस कम्पनीमा ७० जनाभन्दा बढी  जनशक्ति आवद्ध छन् ।

२६ माघ २०७९