रिभरफनमा उप-प्रधानमन्त्री नारायण काजिले गरे जिपलाइन


टुरिजम पाना कुरिनटार । १ फाल्गुन २०७९

उप-प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले त्रीशुली नदि माथि रहेको ‘रिभर फन जिपलाइन’मा जिपलाइन गरेका छन् ।

बाह्र वर्षदेखि रिसोर्ट व्यवसाय लोकप्रिय कम्पनी रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको रिसोर्टसम्म पुग्ने गरि निर्माण गरेको जिपलाइनमा आज श्रेष्ठले जिपलाइन गरेका हुन् ।

खेल्नु अगाडि डर लागेजस्तो भए पनि जिपलाइन उडान रोमान्चक भएको श्रेष्ठले प्रतिक्रिया दिए । पछिल्लो समय एड्भेन्चर गतिविधिले आन्तरिक पर्यटन प्रवर्द्धनमा निकै सघाएको श्रेष्ठले बताए ।

५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशुली नदि माथी पर्ने कारण झनै सहासिक र रोमान्चक रहेको रिसोर्टका प्रवन्ध निर्देशक शंकर अधिकारीले बताए । नदि माथीको रोमान्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमूना भएको अधिकारी बताउँछन् । रिभर फनमा जिपलाइन खेल्न प्रति व्यक्ति १ हजार र फोटो भिडियोको थप तिन सय रुपैयाँ लाग्ने बताइएको छ ।

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरू हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए । रिसोर्टमा ९५ मिटर स्काइ रोप साइक्लिङ समेत रहेको छ ।

मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ रहेको छ ।

जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ७ करोड खर्च हुने अनुमान गरिएको छ ।

१ फाल्गुन २०७९