पर्यटकबाट ४६ अर्ब ७६ करोड आम्दानी


टुरिजम पाना संवाददाता काठमाडौं । १५ जेष्ठ २०८०
talpokhara palpa rampur

सन् २०२२ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट सङ्कलन भएको विदेशी मुद्रा १९०.० प्रतिशतले बढेर कूल रु ४६ अर्ब ७६ करोड पुगेको छ ।

पर्वतारोहण दलको सङ्ख्या सन् २०२२ को अन्त्यसम्म एक हजार नौ सय ५२ पुगेको आइतबार संसदमा प्रस्तुत भएको आर्थिक सर्वेक्षणले देखाएको छ । हिमाल पर्वतारोहीको सङ्ख्या सन् २०२० मा चार सय ४७ र सन् २०२१ मा तीन हजार चार सय ४६ रहेकोमा सन् २०२२ मा आठ हजार चार सय ६८ पुगेको हो ।

पर्वतारोहीको सङ्ख्यामा भएको वृद्धिसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी वृद्धि भएको छ । रोयल्टी सन् २०२२१ मा रु ६३ करोड ५२ लाख ४९ हजार सङ्कलन भएकोमा सन् २०२२ मा रु ७० करोड ३४ लाख ३० हजार पुगेको छ । चालु आवको फागुनसम्म सबै प्रकारका होटल शय्याको सङ्ख्या ३७ हजार ३० पुगेको छ । असारसम्म २४ क्यासिनो सञ्चालनमा छन् ।

१५ जेष्ठ २०८०