होटल व्यवसायी भन्छन्: व्यवसाय कर महँगो भयो


कृष्णचन्द्र न्यौपाने तनहुँ । १५ जेष्ठ २०८०

दमौली तनहुँका होटल व्यवसायीले व्यास नगरपालिकाले लिने गरेको व्यवसाय कर चर्को भएको भन्दै विरोध जनाएका छन् ।

तनहुँ होटल व्यवसायी सङ्घले आर्थिक मन्दीका बेला पनि नगरपालिकाले चर्को कर असुलेको भन्दै तिर्न नसक्ने जनाएको हो ।

सोमबार बसेको व्यवसायीको भेलाले व्यवसाय कर अत्याधिक भएको र आर्थिक मन्दीका कारण तिर्न गाह्रो भएको निष्कर्ष निकालेको छ ।

व्यवसाय कर चर्को हुनुका साथै फरक-फरक पाइएकोले पुरानै कर कायम गर्न आग्रह गरिएको सङ्घका अध्यक्ष दुर्गाविलास भट्टराईले बताए ।

नगरपालिकाले करमा पुर्नविचार नगरेसम्म सङ्घले अर्को सूचना जारी नभइन्जेल कर नतिर्ने निर्णय गरेको छ ।

१५ जेष्ठ २०८०