बरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवीलाई कुन्तीदेवी साहित्य पुरस्कार


टुरिजम पाना कास्की । ७ पुष २०७९

बरिष्ठ लोकगायिका एव साहित्यकार हरिदेवी कोइरालाई कुन्तीदेवी साहित्य पुरस्कारबाट सम्मान गरिने भएको छ ।

कविशिरोमणि लेकनाथ पौडेलकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारद्वारा स्थापित लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गर्दै आएको यो पुरस्कार कोइरालाई प्रदान गर्न लागिएको हो ।

कोइरालाई यही पुस १५ गते लेखनाथ जयन्ती समारोहबीच पुरस्कार प्रदान गरिने छ । बरिष्ठ लोकगायिका समेत रहेकी कोइरालाको साहित्य क्षेत्रमा समेत अतुलनिय योगदान रहेको छ ।

यस्तै लेखनाथ सांस्कृतिक पुरस्कारबाट साहित्यकार वेदनाथ अधिकारीलाई प्रदान गरिने भएको छ । दुबै पुरस्कारको राशी २५ हजार रहेको छ ।

७ पुष २०७९