पोखरा सडक महोत्सवमा नेपालका विविध संस्कृतिलाई प्राथमिकता दिइने


टुरिजम पाना पोखरा । ८ पुष २०७९

यस वर्षको पोखरा सडक महोत्सवमा नेपालका विविध संस्कृतिलाई प्राथमिकता दिइने भएको छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनलाई प्राथमिकता राखिने महोत्सव आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । यस वर्षको २४ औँ पोखरा सडक महोत्सव पुस १३ देखि शुरू हुने मेला पुस १७ गतेसम्म चल्नेछ ।

मेला पोखराकै पूरानो पर्यटकीय मेला हो । मेलामा ८० लाख लगानी रहने आयोजकले जनाएको छ । सुरक्षा व्यवस्थापनका लागि निजी क्षेत्र र सरकारी पक्षसँग सहकार्य गर्ने आयोजकले जनाएको छ । महोत्सवका लागि लेकसाइडमा ४० हजार बेडको अकुपेन्सी तयारी रहेको आयोजकले बताएको छ । यस्तै महोत्सवमा पुगेर बसाइ अरू होटलमा गर्ने ट्रेण्ड विगतमा पनि भएको भन्दै रेबान पोखराका अध्यक्ष एवम् सडक महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए ।

अध्यक्ष भट्टराईले आसपासका सहित गरि करिब डेढ लाख बेड महोत्सवका लागि तयारी अवस्थामा हुने जानकारी दिए । उनले भने, लेकसाइडको मेलामा सहभागी भएर बेगनासमा बस्ने पनि हुन सक्छ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ । उनले विदेशी ट्राभल एजेन्टहरू मार्फत पनि विदेशी पर्यटक आउन चाहेको जानकारी दिए ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन गरिनेछ । साथमा दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, बेटररेस, टग अफ वार र पोखराका प्रमुख गन्तब्य सहितको डकुमेन्टी प्रदर्शन जस्ता गतिविधि राखिएको छ । विगतका वर्षहरूको महोत्सवमा पनि आयोजकले यी प्रतियोगिताहरूलाई निरन्तरता दिएको रेबान पोखराका अध्यक्ष एवम् सडक महोत्सवका संयोजक भट्टराईले जानकारी दिए ।

५ दिनसम्म चल्ने महोत्सव फिस्टेल गेटदेखि खहरे चोक हुँदै जरेबर लेकसाइडसम्म हुनेछ । रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले अर्थतन्त्र समस्याका यामा परेको अवस्थामा महोत्सव आयोजना गरेर पोखरा रेबानले साहस जुटाएको बताए ।

मेलाले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको विश्वास छ । उनले भने, निजी क्षेत्रले महोत्सव आयोजना सफल हुनु निकै शीको कुरा हो । यसलाई राज्यले समेत सहयोग गर्नुपर्छ ।

८ पुष २०७९