खोकना सभ्यता र संस्कृति मास्न सरकारले संयन्त्र परिचालन गर्‍यो : मेयर बालेन


टुरिजम पाना काठमाडौं । ७ पुष २०७९

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले पुर्खौदेखिको सभ्यता र संस्कृतिको हटाउन भए भरको सुरक्षा संयन्त्र परिचालन गरेको बताएका छन् ।

बुधबार साँझ फेसबुकमा एक स्टाट्स मार्फत अनाधिकृत संरचना हटाउन सहयोग नगर्ने तर पुर्खौदेखिको सभ्यता र संस्कृतिको हटाउन भए भरको सुरक्षा संयन्त्र परिचालन गरेको बताएका हुन् । विकासले सभ्यतालाई उन्नत बनाएर लानुपर्ने उनको भनाइ छ ।

‘विकास र परिवर्तनको मौलिकता तब मात्रै स्थापित हुन्छ । तब मात्रै वास्तविक विकासको वास्तविक अनुभूति नागरिकसम्म पुग्छ । द्रुत मार्गको खोकनाक्षेत्रमा विकाश र परिवर्तनले नागरिकहरुलाई असहजता थपेको छ, ‘ उनले थपेका छन् ।

अलग्गै पहिचान, अलग्गै संस्कृति समेटेर ठूलो सभ्यताको अंश बनेर रमाइरहेको खोकनालाई द्रुत मार्गले दुख थपेको उनले धारणा राखे । नागरिकलाई आन्दोलन गर्न बाध्य बनाएर लादिएको विकासको दिगोपन रहनेमा उनले शंका व्यक्त गरे । खोकना क्षेत्रको बस्ती अनाधिकृत नभएर पुर्खौदेखिको बस्ती रहेको उनको भनाइ छ ।

७ पुष २०७९