नेपाल एयरलाइन्सका पाइलटसहित ६ कर्मचारी ग्राउन्डेड


टुरिजम पाना काठमाडौं । ८ चैत्र २०७९
bayu sewa nigam
फाइल तस्वीर

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजका चालक दलसहित ६ जनालाई नेपाल ग्राउन्डेड गरेको छ।

विमानको लोड सिटमा क्षमताभन्दा बढी सामान बोकेको भन्दै प्राधिकरणले चालक दलका तीन सदस्यसहित ६ जनालाई उडान र काममा प्रतिबन्ध गरिएको प्राधिकरणले जनाएको छ ।

ताप्लेजुङबाट काठमाडौं उडान भरेको ट्विनअटर ९ एनएबिटी विमानमा लोड सिटमा क्षमताभन्दा १ सय ७ पाउन्ड बढी सामान बोकेको पाइएको थियो।

ुनिगमको विमानले बोक्न पाउनेभन्दा बढी सामान ल्याएको पाइएपछि अर्को निर्णय नहुन्जेलसम्म ६ जनालाई ग्राउन्डेड गरिएको र थप छानबिन अघि बढाइएको प्राधिकरणले बताएको छ ।

उनका अनुसार विमानका पाइलट, कोपाइलट, एयर(होस्टेस, लोड मास्टर, डिस्प्याचर र ताप्लेजुङका ग्राउन्ड स्टाफसहित ६ जनालाई ग्राउन्डेड गरिएको हो।

त्यस्तै विमानमा सवार १५ जना यात्रुमध्ये १० जना महिला र ५ जना महिला थिए। तर काठमाडौंमा ग्राउन्ड स्टाफले हेर्दा ९ महिला र ६ पुरुष भेटिएको हो। उक्त विमानले एक पुरूष यात्रुलाई महिला यात्रुका रूपमा यात्रा गराएको पाइएको थियो ।

८ चैत्र २०७९