नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान काठमाडौँमा ‘सहिद दिवस २०८१’ का सन्दर्भमा ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी सुरु भएको छ ।
प्रदर्शनीमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, देवेन्द्रकुुमार काफ्ले, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, सङ्गी श्रेष्ठ, जुपिटर प्रधान, एससी सुुमन, राजन काफ्ले, राखी कर्ण, सुुभाद्री सुुभा, तुुलसीराम भण्डारी, लक्ष्मण मण्डल, सरिता मण्डल, रुक्साना (मङ्गली) महर्जन, सुुष्मा श्रेष्ठ, रामकृष्ण थापा, सुुवास आचार्य, सिकेन्दर चौधरी, लीलाधर केसी, भीमबहादुर श्रेष्ठ, रेनुका महर्जनलगायतका कला समावेश छन् ।
यस्तै सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशवराज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदनकुमार सिंह, विपना महर्जन, राजकुमार राना, कान्छाकाजी भासिमा, मङ्गोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामी, महेश बास्ताकोटी, प्रकाश मानन्धर, एविना भडेलगायत कलाकारका ५४ कलाकृति राखिएका छन् ।








