सिद्धार्थ कटेज धोविघाटमा आज र भोलि मःमः महोत्सव


टुरिजम पाना काठमाडौँ । १४ चैत्र २०८१

सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको धोविघाटस्थित सिद्धार्थ कटेजमा दुई दिने तेस्रो मःमः महोत्सव सुरु भएको छ ।

चैत १५ र १६ आयोजना हुने महोत्सवमा मःमःका विभिन्न परिकारका साथै गायक दीपक लिम्बु, प्रदीप महर्जन र द एडवार्डियन ब्यान्डको साङ्गीतिक प्रस्तुति रहने सिद्धार्थ हस्पिटालिटीका बिजनेस डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले जानकारी दिए ।

आज दिउँसो २ बजेदेखि सुरु महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ भने मेलामा मःमःका परिकारका साथै ड्रिक्स र म्युजिकको रमाइलो लिन पनि सकिने छ ।

पछिल्लो समय मःमःका विभिन्न परिकार प्रवर्द्धन गरिरहेको सिद्धार्थले यसको थप प्रचार प्रचारका लागि महोत्सव आयोजना गरेको जनाएको छ । महोत्सवमा मःमःका विभिन्न परिकार उपलब्ध हुने जनाइएको छ ।

गोर्खा बियरको सहकार्य रहेको महोत्सवमा सिद्धार्थको एस क्याफे, सिद्धार्थ हस्पिटालिटी मार्ट, पथिल होलिडेजले सहयोग गरेका छन् । महोत्सवको इन्टरनेट पार्टनरमा डिसहोम इन्टरनेट रहेको छ ।

 

१४ चैत्र २०८१