प्याराग्लाइडिङ पोखरामै जोगाउने क्यानको प्रयास, १ महिना मान्द्रेढुंगाबाट परीक्षण उडान हुने


टुरिजम पाना काठमाडौं । १९ पुष २०७९
national sports competition Nepal, paragliding
फाइल फोटो

नागरिक उडड्यन प्राधिकरण (क्यान) ले पोखराको मान्द्रेढुंगाबाट उडान गर्ने गरी एक महिनाको परीक्षणका लागि अनुमति दिएको जनाएको छ ।

क्यानका सुचना अधिकारी ज्ञानेन्द्र भुलले टुरिजमपानासँगको कुराकानीमा अन्तर्राष्ट्रिय विमानस्थलले चर्चेको कन्ट्रोल एयर स्पेस मध्ये बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइल भित्र एउटा मात्र प्याराग्लाइडिङ जोन कायम राखी एक महिनाको परीक्षण काल तोकेर मान्द्रेढुंगालाई कायम गरिएको बताए ।

कुल ४ वटा प्याराग्लाइडिङ जोन रहेकोमा सराङकोट, तोरेपानी र ताम्गी स्थित प्याराग्लाइडिङ जोन बन्द गर्दै मान्द्रेढुंगालाई कायम गर्ने गरी नेपाल हवाई खेलकुद संस्थालाई पत्र पठाएको थियो । मान्द्रेढुंगामा ११ बजेदेखि ३ बजेसम्म मात्र प्याराग्लाइडिङ उडान गर्न सकिने गरी समय तोकेको छ ।

यस बिषयमा प्रष्ट पार्दै भुलले अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक डिस्टप नभए स्थायी रुपमै अनुमति दिन सकिने नभए अन्यत्र कतै विकल्प खोज्नुपर्ने बताए । यद्यपी यसरी खोजिने विकल्प पोखराभन्दा बाहिर भने नहुने पनि प्रष्टाए । उनले भने, ‘हाम्रो प्रयास पोखराको प्याराग्लाइडिङ पोखरामै जोगाउने नै छ ।’

यो पनि :

सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ पोखराकै मान्द्रेढुङ्गाबाट हुने, व्यवसायीहरु उत्साहित

 

१९ पुष २०७९