सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ पोखराकै मान्द्रेढुङ्गाबाट हुने, व्यवसायीहरु उत्साहित


टुरिजम पाना पोखरा । १८ पुष २०७९
pokhara paragliding
फाइल तस्वीर

विभिन्न हल्ला र लामो समयको बहसपछि पोखरामा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ पोखरामै सञ्चालन हुने भएको छ । लामो समयदेखि पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आएपछि पोखराको प्याराग्लाइडिङ के होला ? कता सारिएला ? सार्ने भन्ने हल्ला चलेको भएपनि पोखरामै सञ्चालन हुने निश्चित भएको हो ।

यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले आफूहरुलाई पत्राचार गरिसकेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल बहादुर भट्टराईले टुरिजमपानालाई बताए । उनले भने, पोखराको गहनाको रुपमा रहेको प्याराग्लाइडिङ पोखरामै सञ्चालन हुने, निश्चित भयो यसका लागि सम्पूर्ण सरोकारवालालाई धन्यवाद ।

हाल सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ अब भने पोखराको मान्द्रेढुङ्गाबाट हुने भएको छ । हाल पोखरामा प्याराग्लाइडिङ हुँदै आएका चार वटा जोन मध्ये मान्द्रेढुङ्गालाई मात्रै उडान भर्ने गरी क्यानले अनुमती दिएको छ ।

यसअघि पोखराको सराङकोट, तोरीपानी र तामाङ्गीबाट हुँदै आएको प्याराग्लाइडिङ जनवरी १ अर्थात पौष १७ गतेबाट अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आउने भएपछि मान्द्रेढुङ्गालाई प्याराग्लाइडिङका लागि अनुमती दिएको हो । पोखराका अन्य तिन स्थान सराङकोट, तोरीपानी र तामाङ्गीका लागि भने क्यानले ‘नोटाम’ जारी गर्ने क्यानले ना लाई लेखेको पत्रमा उल्लेख छ ।

क्यानका अनुसार प्याराग्लाइडिङहरु अब दैनिक ११ बजेबाट ३ बजे सम्म मात्रै उडान भर्न पाउनेछन् । सराङकोटबाट मान्द्रेढुङ्गाको दुरी करिब ५ कि.मी पश्चिममा पर्छ । क्यानले प्याराग्लाइडिङको उडानलाई सुरक्षित संगै प्रविधिमैत्री बनाउन समेत जोड दिएको छ । जनवरी १ बाट नै उडान गर्नका लागि भनेको भएतापनि डेमो फ्लाइट र अप्रेसनको कार्य गर्नका लागि केहि दिन ढिला हुन सक्ने अध्यक्ष भट्टराईले बताए ।

क्यानले हाललाई प्रविधीमैत्री बनाउन एक महिनाको समय परिक्षण अवधिका लागि दिने भएको समेत स्पष्ट समेत पारेको छ । एक महिनाको परिक्षण अवधि भनिएको भएपनि अब स्थायी रुपमै पोखरामै प्याराग्लाइडिङ सञ्चालन हुने खबर व्यवसायीहरु उत्साहित बनेका छन् ।

यता, क्यानले ना लाई आधिकारिक पत्र पठाईसकेको भएतापनि क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने त्यस्तो आधिकारिक निर्णय नभईसकेको बताए । टुरिजम पानासँगको कुराकानीमा भुलले आफूलाई त्यस बिषयमा कुनै जानकारी नभएको र प्याराग्लाइडिङको अनुमति दिई नसकेको बताए । क्यानले भने ना लाई पुस १२ गते मितिमा पत्र लेख्दै यसबारेमा पत्राचार गरिसकेको थियो ।

यो पनि :

प्याराग्लाइडिङ पोखरामै जोगाउने क्यानको प्रयास, १ महिना मान्द्रेढुंगाबाट परीक्षण उडान हुने

१८ पुष २०७९