अयोध्यामा आज रामको मूर्तिको प्राण-प्रतिष्ठा गरिदै


टुरिजम पाना संवाददाता भारत । ८ माघ २०८०
Workers decorate a temple dedicated to Hindu deity Lord Ram with flowers on the eve of the temple's grand opening in Ayodhya, India, Sunday, Jan. 21, 2024. (AP Photo/Rajesh Kumar Singh)

प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजेर २० मिनेटमा अयोध्या पुग्नेछन् । बिहान मंगल ध्वनिबाट कार्यक्रमको सुरुवात हुनेछ । बिहान १० बजेदेखि विभिन्न राज्यका ५० भन्दा बढी वाद्य यन्त्रहरूले ध्वनि तरङ्गहरू फैलाउनेछन्।

रामको मूर्तिको प्राण-प्रतिष्ठाको ऐतिहासिक अनुष्ठान दिउँसो १२ः२० बजे प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ, सन्त समाज र भीभीआईपी व्यक्तिहरूको उपस्थितिमा हुनेछ।  प्राण-प्रतिष्ठाका लागि ८४ सेकेन्डको अति सूक्ष्म मुहूर्त हुनेछ। काशीका ज्योतिषी पण्डित गणेशवर शास्त्री द्विदले रोजेको मुहूर्तमा रामलला स्थापना हुनेछ ।

यस अवसरमा पूरै अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले सजाइएको छ। भव्य राम मन्दिरलाई ३ हजार किलो फूलले सजाइएको छ । अभिषेकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माण गर्ने मजदुरहरूसँग भेट गर्नेछन्। कुबेरटिलामा गएर उनले भगवान् शिवको पूजा गर्ने  कार्यक्रम पनि रहेको छ । साँझ दीप प्रज्वलन गरी देशभर फेरि दीपावली मनाइँदैछ ।

८ माघ २०८०