यति एयरलाइन्सकाे ब्ल्याक बक्स भेटियाे


टुरिजम पाना काठमाडौ । २ माघ २०७९

आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको हो ।

हिजोदेखि खोजी कार्य जारी रहेपनि २४ घन्टापछि मात्रै भेटिएको र उक्त ब्ल्याक बक्सलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ ।

२ माघ २०७९