बुद्ध एयरको जहाज भद्रपुर रनवेमा चिप्लियो, यात्रुहरु सुरक्षित


टुरिजम पाना काठमाडौं । १८ पुष २०८२

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए ।

कोशी प्रदेशका डीआईजी बिनोद घिमिरेका अनुसार, विमान अवतरणका क्रममा रन–वेबाट केही तल चप्लिएको हो ।

काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो ।

अहिले यात्रु ओराल्ने प्रक्रिया जारी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी छ । थप विवरण आउन बाँकी छ ।

१८ पुष २०८२