‘भिजिबिलिटी’ नपुगेपछि आन्तरिक उडान प्रभावित


टुरिजम पाना काठमाडौं । २९ मंसिर २०७९
buddha air flight
फाइल तस्वीर

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् ।

तराई मधेसमा बाक्लो हुस्सु कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका हुन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, तुम्लिङटारबाहेक अन्य विमानस्थलमा भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने बताए। उडान प्रभावित हुँदा यात्रुलाई गन्तव्यमा पुग्न सास्ती भएको छ ।

२९ मंसिर २०७९