सोलुखुम्बुको नाम्चे नजिकै हिलारी ब्रिजमा ‘एभरेष्ट बञ्जी’को सफल परीक्षण

सेप्टेम्बर १ देखि ब्यवसायिक जम्प गरिने


उपासना शर्मा काठमाडौँ । १८ बैशाख २०८१

सोलुखुम्बुको हिलारी ब्रिजमा बञ्जीको सफल परीक्षण गरिएको छ । लुक्लाबाट सगरमाथा आधारशिविर जाने बाटोमा प्रसिद्ध हिलारी ब्रिजमा बञ्जीको सफल परीक्षण गरिएको हो । दूधकोशी नदीको खोंचमा ४३ मिटरको उचाइमा बन्जी निर्माण गरिएको छ ।

लास्ट रिसोर्टको सञ्चालन तथा व्यवस्थापनमा एभरेष्ट बञ्जीको परीक्षण गरिएको लास्ट रिसोर्टका बञ्जी मास्टर भोला श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोमबार गरिएको परीक्षण सफल भइसकेको छ भने आगामी सेप्टम्बरदेखि व्यवसायिकरुपमा सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

Hillary bridge nacho
दुधकोशी नदि माथी एडमन्ड हिलारीले निर्माण गरेको झलुङ्गे पुल (तल्लो) र हाल पैदल यात्रीले प्रयोग गर्ने झलुङ्गे पुल (माथिल्लो) । तस्वीर सौजन्य: सुजन महर्जन

 

“नाम्चे बजारभन्दा केही तल रहेको हिलारी ब्रिजबाट बञ्जी सुरु गरिएको हो”, उनले भने, “परीक्षण सफल भएको छ । सेप्टेम्बरदेखि व्यवसायिक सञ्चचालन सुरु गर्ने तयारी छ ।”

सञ्चालक छेपाल दोर्जे शेर्पाले गाउँपालिकाबाट स्वीकृृति प्राप्त भइसकेको जानकारी दिए । उनले एक करोड ५० लाख रुपैयाँमा बञ्जी सुरु गरिएको बताए । उनका अनुसार पर्यटक विभागले स्थलगत अनुगमनपछि अनुमति दिएपछि व्यवसायिकरुपमा सुरु गरिनेछ । “गाउँपालिकाको स्वीकृृतिमा परीक्षण भइसकेको छ, अब विभागले अनुगमनपछि अनुमति दिएपछि सेप्टेम्बर १ तारिखदेखि सुरु गर्छौ”, उनले भने ।

विशेष गरी सोलुखुम्ब क्षेत्रमा घुम्न जाने पर्यटक तथा आरोहीहरुलाई लक्षित गरी बञ्जी सुरु गर्न लागिएको जनाइएको छ ।

१८ बैशाख २०८१