घट्याे हवाई भाडा, अब कहाँकाे कति ?


टुरिजम पाना काठमाडौं । २१ चैत्र २०७९
फाइल तस्वीर

हवाई इन्धनकाे मूल्य घटेपछि हवाई भाडा समेत घटेकाे छ ।
हवाई इन्धनकाे मूल्य प्रतिलिटर १० रूपैयाँले घटेसँगै वायुसेवा सन्चालक संघले हवाई भाडा पनि घटाएकाे हाे ।

संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।

यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ ।

विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ । काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ ।

नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ ।

घटेकाे भाडादर भाेली (बुधबार) बाट लागु हुनेछ।

२१ चैत्र २०७९