‘ब्लु डाइमन्ड सोसाइटी’ले टुँडिखेलमा मनायो गाइजात्रा [तस्वीरहरू]


टुरिजम पाना संवाददाता काठमाडौं । १४ भाद्र २०८०

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, तेस्रोलिङ्गी तथा पारलिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएकाहरूको समूह ‘ब्लु डाइमन्ड सोसाइटी’ले २० औं नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएको छ।

बिहीबार टुँडिखेलमा भेला भएर उनीहरुले आफ्नो लैङ्गिक पहिचान प्रस्तुत गर्दै गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएका छन् ।

उत्सवमा राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो।

आफ्ना पहिचानमाथि गर्व गर्दै उत्सवको रुपमा सार्वजनिक उद्घोष गर्ने, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने विभेद र घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठान गर्ने उद्देश्यले २० वर्षदेखि यो उत्सव मनाउन थालेको हो।

१४ भाद्र २०८०